अध्यादेश र सुकुम्बासी कार्यमा ४ चार दलको विरोध

अध्यादेश र सुकुम्बासी कार्यमा ४ चार दलको विरोध

बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • images

    सरकारले ल्याएको अध्यादेश र सुकुम्बासी बस्ती भत्काउने कार्यले विपक्षी चार दललाई एकै ठाउँमा उभ्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार अधिनायकवादतर्फ अघि बढेको निष्कर्ष निकाल्दै चार विपक्षीहरुले सरकारविरुद्ध मोर्चाबन्दी थालेका छन्। 

    बालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठन भएको एक महिनासम्म मौन बसेका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारविरुद्ध एकै ठाउँ उभिन सहमत भएका हुन्। चुनावपछि कुनै गतिविधि गर्न नसकेका विपक्षी दलहरूले सरकारका पछिल्ला कदमको विरोधमा उत्रिएका हुन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहले सरकारको विरोध गर्न विपक्षी दलहरु एक जुट भएको बताए  । यस्तै नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल प्रचण्डले सरकारको मनपरिको विरोध गर्ने उल्लेख गरे । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend