सुधनबारे संसदीय छानबिन समिति बन्छ-रास्वपा

सुधनबारे संसदीय छानबिन समिति बन्छ-रास्वपा

बिहिवार, बैशाख १७ २०८३
बिहिवार, बैशाख १७ २०८३
  • images

    राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि उठेका प्रश्नको अध्ययनका लागि संसदीय छानबिन समिति बनाउने भएको छ।

    संसदको आगामी अधिवेशनमा विपक्षीको मागबमोजिम गुरुङका सम्बन्धमा संसदीय छानबिन समिति बनाउने रास्वपा तयार भएको हो । 

    सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको र संदिग्ध सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि गुरुङले वैशाख ९ मा गृहमन्त्रीबाट राजीनामा दिएका थिए। 

    गत चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङ आफूमाथि छानबिनको माग राख्दै २७ दिनमै राजीनामा दिएर मन्त्रालयबाट बाहिरिएका थिए। रास्वपा सभापति रवि लामिछानेले गुरुङमाथि चाँडै छानबिन सुरु हुने बताएका छन्। छानबिनको प्रक्रियाबारे भने रास्वपाले योजना सुनाएको छैन । 

    गुरुङको सम्पत्ति र साझेदारीबारे अध्ययनका लागि संसदीय समिति बन्ने भएकाले छानबिनको परिणाम हेर्न सबै तयार हुनुपर्नेमा रास्वपाको जोड छ ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गृहमन्त्रीबाट राजीनामा दिएर मात्र सुधन गुरुङमाथि उठेका विषयको निरुपण नभएको बताएका छन् । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend