ओपेकबाट युएई बाहिरिने भएसँगै कच्चा तेलको मूल्यमा भारी वृद्धि

ओपेकबाट युएई बाहिरिने भएसँगै कच्चा तेलको मूल्यमा भारी वृद्धि

ट्याक्स खबर
बिहिवार, बैशाख १७ २०८३
ट्याक्स खबर
बिहिवार, बैशाख १७ २०८३
  • images

    काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा बिहीबार कच्चा तेलको मूल्य ४ वर्षयताकै उच्च पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न बाध्य पार्न नाकाबन्दी जारी रहने घोषणा गरेपछि एकपटक फेरि कच्चा तेलको मूल्य बढेको हो।

    यसअघि फेब्रुअरीमा २८ मा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणका क्रममा पनि कच्चा तेलको मूल्य बढेको थियो। त्यसपछि अमेरिका र इरानबीच पाकिस्तानमा शान्ति वार्ता घोषणापछि केही घटेको थियो।

    दुई देशको वार्ता असफल भए पनि युद्धविराम लम्ब्याइएका कारण केही दिनअघिसम्म कच्चा तेलको मूल्य तुलनात्मक रुपमा नियन्त्रणमै थियो।

    पछिल्लो समय फेरि इरानबाट हुने तेल निर्यातमा अमेरिकाको नाकाबन्दी कायमै रहने विवरण सार्वजनिक भएपछि कच्चा तेलको मूल्य बढेको हो। बिहीबार ब्रेन्ट क्रुडको मूल्य १२३ डलर प्रतिब्यारेलभन्दा बढी पुगेको छ। त्यस्तै अन्य कच्चा तेलको मूल्य पनि ३ देखि ७ प्रतिशतसम्म वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

    बिहीबार कायम विभिन्न किसिमका कच्चा तेलको मूल्य सन् २०२२ यताकै उच्च रहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। पछिल्लो समय संयुक्त अरब इमिरेट्स (यूएई)ले तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक)बाट बाहिरिने घोषणा समेत गरेको छ।

    यूएईले मे १देखि ओपेकको सदस्य नरहने घोषणा यसअघि नै गरेसँगै त्यसको असरसमेत मूल्यमा देखिएको विश्लेषण गरिएको छ।

    ओपेकबाट निस्केर खुला रुपमा आफ्नो निर्यात बढाउने उद्देश्य यूएईको छ। ओपेकमा आबद्ध भएर दैनिक ३०देखि ३५ ब्यारेल तेल बेच्दै आएको यूएईले ओपेकबाट निस्केर आफ्ना छुट्टै संरचना बनाइ दैनिक ५० ब्यारेलसम्म तेल निर्यात गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उललेख गरेका छन्। यूएईले ओपेकबाट निस्किने बताएपछि ओपेकका अन्य सदस्य राष्ट्रहरुले तेलको मूल्य बढाउन खोजेको समेत बताइएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend