बजेट अधिवेशनको तयारी

बजेट अधिवेशनको तयारी

सोमवार, बैशाख २१ २०८३
सोमवार, बैशाख २१ २०८३
  • images

    सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकसँग सोमबार छलफल गरेका छन्। प्रतिनिधिसभामा श्रम संस्कृति सहित ६ पार्टी छन्।

    प्रमुख सचेतकहरुसँग संसद अधिवेशन प्रक्रिया र बैठक सञ्चालन हुँदा सांसदको भूमिकासहितका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतकसँग सभामुखले छलफल गरेका हुन्।

    बजेट अधिवेशन सुरु हुने समय नजिक आइरहँदा सभामुखले यो छलफल गरेका हुन्। आगामी जेठ १५ मा सरकारले संसदमा बजेट प्रस्तुत गर्नैैपर्छ। ढिलो गरे पनि त्योभन्दा केही दिन अगाडि संसद अधिवेशन सुरु गर्नुपर्ने हुन्छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend