एनटीसीको पहलमा बल्ल पुग्यो पाथीभरामा फोरजी इन्टरनेट

एनटीसीको पहलमा बल्ल पुग्यो पाथीभरामा फोरजी इन्टरनेट

ट्याक्स खबर
बुधवार, बैशाख २३ २०८३
ट्याक्स खबर
बुधवार, बैशाख २३ २०८३
  • images

    काठमाडौं। नेपाल टेलिकम (एनटीसी)ले ताप्लेजुङको पाथीभरामा फोरजी इन्टरनेट सेवा पुर्‍याएको छ। सोमबारदेखि पाथीभरामा फोरजी सेवा पुगेको जानकारी गराएको हो।

    ‘नेपाल टेलिकमले २०८३ वैशाख २१ गतेदेखि पाथीभरा मन्दिर र वरपरका क्षेत्रमा यो नेटवर्क सुरु गरेको छ,’ टेलिकमले भनेको छ, ‘३,७९४ मिटरको उचाइमा रहेको यस नेटवर्कले तपाईको तीर्थयात्रामा निरन्तर सञ्चार सुविधा दिन्छ।’

    टेलिकमका अनुसार उक्त नेटवर्कबाट ताप्लेजुङका फुङलिङ नगरपालिका, फक्ताङलुङ गाउँपालिका, सिरीजंघा गाउँपालिका तथा पाथीभरा याङ्वरक गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन्।

    साथै फोरजी सेवाको उपलब्धताले उक्त क्षेत्रमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास टेलिकमले लिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend