सरकारले बस्तीमा डोजर चलाउने तयारी गरेपछि आन्दोलनमा उत्रिएका महोत्तरीको बर्दिबास ३ कालापानी क्षेत्रका स्थानीयवासीसँग स्थानीय प्रशासनले वार्ता सुरु गरेको छ।
अहिले कालापानीको सामुदायिक भवनमा संघर्ष समिति र स्थानीय प्रशासनबिच वार्ता भइरहेको प्रहरीले जनाएको छ।
डिभिजन वन कार्यालय महोत्तरीले कालापानीको बीपी राजमार्ग आसपासको बस्ती खाली गर्न सूचना जारी गरेपछि स्थानीयवासी सोमबार साँझदेखि नै सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका छन्।
प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि गयराति स्थानीयले डिभिजन वन कार्यालय महोत्तरीको एउटा गाडीमा आगोसमे लगाएका छन्।
अहिले जारी वार्तामा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकुमार सारु मगर, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिना, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी, संघर्ष समितिका पदाधिकारी र स्थानीयवासी सहभागी छन्।
राजमार्ग बन्द हुँदा सोमबार साँझदेखि नै बर्दिबास-सिन्धुली सडक खण्ड अवरुद्ध छ।
स्थानीयवासी रोशनकुमार कार्कीले वन कार्यालयले बस्ती उठाउने सूचना गरेपछि स्थानीयवासीमा त्रास बढेको बताए


