नेपालको पहिलो बजेटको आकार ५ करोड २५ लाख २९ हजार रुपैयाँ थियो ।
बजेटमा राणाले २००७ सालको आम्दानी २ करोड ९० लाख ८० हजार रहेको तथा खर्च २ करोड ४६ लाख २७ हजार भएको अनुमान गर्दै ४३ लाख ९४ हजार बचत भएको अनुमान प्रस्तुत गरेका थिए ।
२००८ साल माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमसेर जबराले ल्याएको पहिलो बजेटको प्रमुख आयस्रोत मालपोत थियो ।
२००८ बाट २०८२-८३ सालमा आइपुग्दा ७४ वर्षमा बजेटको आकार ५ करोडबाट झण्डै १९ खर्ब रुपैयाँभन्दा बढी थियो ।
आगामी बर्ष २०८३-०८४ सालको बजेट २१ खर्बभन्दा बढी रुपैयाँको हुन सक्ने अनुमान गरिएको छ ।


