सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा

ट्याक्स खबर
मंगलवार, जेठ २० २०८२
ट्याक्स खबर
मंगलवार, जेठ २० २०८२
  • images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगका अनुसार सोडारीले २०७४ माघ ७ देखि २०७९ फागुन १० गतेसम्म सार्वजनिक पदमा रहँदा वैधानिक रूपमा जम्मा ८५ लाख ५१ हजार रुपैयाँ आम्दानी गरेका थिए। तर, सोही अवधिमा उनले एक करोड ९३ लाख ८९ हजार रुपैयाँभन्दा बढी रकम खर्च तथा लगानी गरेको देखिएको छ।

    यस आधारमा उनको आय र खर्चबीच एक करोड आठ लाख रुपैयाँभन्दा बढीको अन्तर देखिएको आयोगले जनाएको छ, जसको स्रोत स्पष्ट हुन सकेको छैन। आयोगले यही आधारमा सोडारीले पदको दुरुपयोग गर्दै अवैध रूपमा सम्पत्ति आर्जन गरेको ठहर गरेको हो।

    अनुसन्धानका क्रममा सोडारीका नाममा नभए पनि उनकी पत्नी गैता सोडारी र छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंक खातामा रकम राखिएको प्रमाण भेटिएको आयोगले जनाएको छ।

    अख्तियारले सो सम्पत्तिलाई अवैध ठहर गर्दै एक करोड आठ लाख ३८ हजार रुपैयाँ बिगो मागदाबी सहित भ्रष्टाचार मुद्दा विशेष अदालतमा पेश गरेको हो।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend