३५ वर्षको काम ३५ मिनेटमा कसरी पूरा?- प्रधानमन्त्री बालेन

३५ वर्षको काम ३५ मिनेटमा कसरी पूरा?- प्रधानमन्त्री बालेन

आइतवार, जेठ १७ २०८३
आइतवार, जेठ १७ २०८३
  • images

    प्रधानमन्त्री बालेन्द्र साह-बालेनले काठमाडौँको खोला किनारको जोखिमपूर्ण ठाउँका नागरिकलाई अन्त सारिएको बताएका छन्। 

    प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरएन राईले सोधेको प्रश्नको जबाफ दिँदै उनले जसको देशमा कुनै जग्गा छैन, उनीहरुलाई नेपाल सरकारले जग्गाको व्यवस्थापन गर्ने बताए। 

    ‘खोला किनारमा बस्दा घर डुब्ने अवस्था थियो। स्वास्थ्य अवस्था राम्रो थिएन। फोहोरले बिरामी पर्ने अवस्था थियो,’ उनले भने, ‘सुकुम्बासीलाई ज्यान जोगाउन खोला किनारबाट हटाएको हो।’

    उनले दुईतीनवटा मन्त्रालयले सुकुम्बासीलाई जग्गा दिनको लागि काम गरिरहेको जानकारी दिए। ‘यो हतार गरेर हुँदैन। ३५ वर्षमा नभएको काम ३५ मिनेटमा नखोजौँ,’ उनले भने। 

    भारतले कालापानीमा नेपाली भूमि अतिक्रमण गरेको प्रश्नको जबाफमा उनले नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रिपोर्ट आएको बताए। 

    उनले सहकारीको कोष खडा गरेर सहकारी पीडितको रकम फिर्ताको काम भइरहेको जानकारी दिए।। सहकारीबाट उठाएको पैसा नै पीडितलाई दिएको उनको भनाई छ। ‘सहकारीबाट ३ करोड उठाएर पीडितलाई दिएका छौँ,’ उनले भने।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend