काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनचाँदी मूल्यमा वृद्धि भएको छ। सोमबार तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ यसदिन भने प्रतितोला चार सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ११ हजार तीन सय रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला तीन लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि ५० रुपैयाँले बढ्यो
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबारको तुलनामा चाँदीको भाउ प्रतितोला ५० रुपैयाँले बढेको हो।
सोमबार प्रतितोला ५ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार भने प्रतितोला ५ हजार ४०५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा फेरबदल आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय १७ अमेरिकी डलरमा कारोबार भइरहेको छ


