एशियाली खेलकुदमा नेपाली क्रिकेट टोली छनोट

एशियाली खेलकुदमा नेपाली क्रिकेट टोली छनोट

मंगलवार, जेठ १९ २०८३
मंगलवार, जेठ १९ २०८३
  • images

    नेपाली पुरुष क्रिकेट टोली जापानको नागोयामा हुने एशियाली खेलकुदमा छनोट भएको छ । सिङ्गापुरमा आज भएको समूह ‘ए’ को खेलमा मलेशियाले चीनलाई हराएपछि मलेशियासँगै नेपाल पनि छनोट भएको हो ।

    चीनले दिएको ८५ रनको लक्ष्य मलेशियाले ७ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायो । मलेशियाका मोहम्मद हाजिक आइमानले नटआउट ४४ रन बनाए । चीनका तियान सेन क्युनले १ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङ गरेको चीनले २० ओभरमा ९ विकेट गुमाएर ८४ रन बनायो । चीनका जोङ्ग युएचाओले २९ रन बनाए । मलेशियाका विजय उन्नीले ४ विकेट लिए ।

    यसअघि आइतवार भएको खेलमा नेपालले चीनलाई २२१ रनले हराएको थियो । अब पर्सि हुने नेपाल र मलेशियाबीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ । समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ ।

    कतारले नाम फिर्ता लिएपछि समूह ‘ए’ मा नेपाल, मलेशिया र चीन रहेका हुन् । समूह ‘बी’ मा बहराइन, हङकङ, ओमान र सिङ्गापुर छन् । समूहका शीर्ष दुई टोली एशियाली खेलकुदमा छनोट हुने प्रावधान छ ।

    नेपाली महिला क्रिकेट टोली भने एशियाली खेलकुदमा छनोट हुन  सकेन ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend