साझा र समृद्ध भविष्यका लागि नेपालसँग मिलेर काम गर्न मोदी तयार

साझा र समृद्ध भविष्यका लागि नेपालसँग मिलेर काम गर्न मोदी तयार

बुधवार, जेठ २० २०८३
बुधवार, जेठ २० २०८३
  • images

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। 

    भारतको भ्रमणमा रहेका लामिछानेले आज बुधबार केहिबेरअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्। 

    लामिछानेसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले खुशी लागेको जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत मिलेर काम गर्ने लामिछानेको चाहनामा सहमति रहेको बताएका छन्। 

    मोदीले लेखेका छन्, ‘साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पूर्ण सहमति छ।’

     

    X modi.jpg
    सामाजिक सञ्जाल एक्समा मोदीले राखेको भनाइसँगै तस्बिर

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend