पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पतञ्जलि जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

ट्याक्स खबर
बिहिवार, जेठ २२ २०८२
ट्याक्स खबर
बिहिवार, जेठ २२ २०८२
  • images

    काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि आयुर्वेद कम्पनी नेपाललाई हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न दिने निर्णयमा संलग्न भएको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    आयोगका अनुसार नेपाल नेतृत्वको सरकारले २०६६ सालमा भूमिसुधार मन्त्रालयको प्रस्तावमा पतञ्जलिलाई हदबन्दी छुट दिने निर्णय गरेको थियो। उक्त निर्णयपछि पतञ्जलिले ५५४ रोपनीभन्दा बढी जग्गा खरिद गरी त्यसमध्ये ३१४ रोपनीभन्दा बढी सरकारी कायम हुने जग्गा बिक्री गरेको पाइएको अख्तियारको दाबी छ। आयोगले नेपालसहित अन्य व्यक्तिहरूबाट १८ करोड ५८ लाख रुपैयाँ बिगो असुल गर्न माग गरेको छ।

    पूर्वप्रधानमन्त्री नेपालले भने आफूमाथिको मुद्दा नियोजित षड्यन्त्र र राजनीतिक प्रतिशोध भएको प्रतिक्रिया दिएका छन्। नेकपा (एकीकृत समाजवादी)ले पनि उक्त मुद्दालाई षड्यन्त्रपूर्ण र तथ्यहीन भन्दै अदालतबाट क्लिनचिट लिएर फर्किने बताएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend