अदालतको आदेश- अश्लीलता फैलाएको आरोपमा इरानी गायिकालाई ७४ कोर्रा

अदालतको आदेश- अश्लीलता फैलाएको आरोपमा इरानी गायिकालाई ७४ कोर्रा

शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • images

    अमेरिकासँगको युद्धमा फँसेको इरानमा एक गायिकालाई दोषी ठह-याउँदै कोर्रा हान्ने सजाय तोकिएको छ । इरानको  एक अदालतले गायिका परस्तु अहमदीलाई कोर्रा हान्ने सजाय तोकेको हो ।

    उनीसँगै ’कारवान्सराय कन्सर्ट’ का आठ अन्य सदस्यहरूलाई अदालतले ७४ कोर्रा हान्ने सजाय तोकेको बीबीसीले जनाएको छ । अदालतले उनीमाथि दुई वर्षसम्म देश बाहिर नजान र दुई वर्षसम्म कलासँग सम्बन्धित क्रियाकलाप नगर्न पनि आदेश दिएको छ ।

    अदालतले इस्लामी कानूनका धाराहरूको हवाला दिँदै उनीलाई सजाय तोकेको समाचारमा उल्लेख छ । ‘यो फैसला देशको मिडियामा पनि छापिने छ,’ आदेशमा भनिएको छ ।

    सजय सुनाइएकामाथि इन्टरनेटमा गलत र अश्लील कुरा राखेर आममानिसको शालीनतामा नोक्सान पु-याएको आरोप लगाइएको छ ।

    ‘कारवान्सराय कन्सर्ट’ को भिडियो डिसेम्बर २०१४ मा गायिका परस्तु अहमदीको युट्युब च्यानलमा अपलोड गरिएको थियो । भिडियोमा गायिका हिजाब बिना गीत गाइरहेको देखिन्छ ।

    उक्त भिडियोलाई लिएर सामाजिक सञ्जालमा निकै चर्चा भएको थियो । भिडियो केही घण्टामै एक लाखभन्दा बढी पटक हेरिएको थियो । अहिलेसम्म उक्त भिडियोलाई झण्डै ३० लाख पटक हेरिसकिएको छ ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend