सुन एकैदिन १० हजार ५०० ले घट्यो सुन, चाँदीमा पनि गिरावट

सुन एकैदिन १० हजार ५०० ले घट्यो सुन, चाँदीमा पनि गिरावट

ट्याक्स खबर
शुक्रवार, आषाढ ५ २०८३
ट्याक्स खबर
शुक्रवार, आषाढ ५ २०८३
  • images

    काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट आउने क्रममा आज शुक्रबार ठूलो गिरावट देखिएको छ।

    बिहीबार सामान्य घटेको सुनको भाउ आज भने एकैदिन प्रतितोला साढे १० हजार रुपैयाँभन्दा बढीले क्र्यास भएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १० हजार ५०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार सुन तोलामा मात्र १०० रुपैयाँ घटेर २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

    सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँमा झरेको छ।

    पछिल्ला केही दिनदेखि ओरालो लाग्ने ुएंगलु समातेको सुनचाँदीको भाउले आज भने बजारमा ठूलो धक्का खाएको हो। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको मन्दी र उतारचढावका कारण स्थानीय बजारमा यस्तो ऐतिहासिक गिरावट देखिएको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend