पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ

पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ

सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • images

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। 

    आज सोमबार अपराह्न पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो। एमालेको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलका सदस्य पौडेल सुझाव संकलनका क्रममा सुर्खेत पुगेका थिए। 

    यसअघि कार्यदलले कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सुझाव संकलन तथा भेला गरेको थियो। त्यसपछि उनी कार्यदलको टोलीसँगै सुर्खेत पुगेका हुन्। 

    उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ। उनलाई पक्राउ गर्न अघि काठमाडौँ भैसेपाटीस्थित निवासमा पनि सम्पत्ति शुद्धीकरण विभागको टोलीले छापा मारेको जनाइएको छ। 

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend