प्रधानमन्त्री बालेन सौराह घुम्न-रास्वपाको बन्दसत्र आज भएन अब भोली

प्रधानमन्त्री बालेन सौराह घुम्न-रास्वपाको बन्दसत्र आज भएन अब भोली

सोमवार, आषाढ ८ २०८३
सोमवार, आषाढ ८ २०८३
  • images

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बन्दसत्र आज भएन । प्रतिनिधिहरूको अन्तिम नामावलीलगायतको तयारी नपुगेपछि आज बन्दसत्र नहुने भएको हो।

    आज सोमबार बिहान साढे ८ बजे सुरु हुने तय थियो। बन्दसत्र नहुने भएपछि नेताहरू होटेलतिर फर्किए । 

    बन्दसत्रको हलमा केही प्रतिनिधिहरू सुतेर, नाचगान गरेर, मोबाइल चलाएर समय बिताएका छन्। भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुने भएको छ।

    भोली मंगलबार बिहानैदेखि सुरु गर्ने गरी तयारी थाल्नेबारे छलफल भइरहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। 

    बन्द सत्रको तयारी नपुगेपछि सभापति रवि लामिछाने बन्दसत्रस्थल चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा पुगेनन् ।  प्रधानमन्त्री वालेन्द्र साह बालेन भने सौराहा घुम्न गए । 

    रास्वपाको बन्दसत्रमा विभिन्न प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि मात्र सभापति र केन्द्रीय सदस्यको निर्वाचनको कार्यक्रम अघि बढ्नेछ।

    हिजो आइतबार सुरु भएको महाधिवेशन मंगलबारसम्म सकिने मिति तय भएको थियो। तर, बन्दसत्रमा ढिलाइ हुँदा महाधिवेशन लम्बिने भएको छ।

    महाधिवेशन प्रतिनिधिको संख्या पनि बढ्दै गएको छ। प्रतिनिधिको संख्या चार हजार पाँच सय पुगेको छ । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend