बनावटी व्यवसाय खडा गरी करोडौँ ठगी, अदालतको फैसलाको १३ वर्षपछि पक्राउ

बनावटी व्यवसाय खडा गरी करोडौँ ठगी, अदालतको फैसलाको १३ वर्षपछि पक्राउ

ट्याक्स खबर
मंगलवार, आषाढ ९ २०८३
ट्याक्स खबर
मंगलवार, आषाढ ९ २०८३
  • images

    काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ करोड ५० लाख रुपैयाँ कर्जा दुरुपयोग गरेको आरोपमा चारित्रिक विल्डर्स प्रालिकी सञ्चालक सविता कार्कीलाई पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय तोकिएपछि लामो समयदेखि फरार रहेकी कार्कीलाई प्रहरीले १३ वर्षपछि नियन्त्रणमा लिएको हो।

    सीआईबीका अनुसार पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते गरेको फैसलामा काठमाडौँ महानगरपालिका–६ बस्ने कार्कीलाई तीन वर्ष कैद र ८ करोड ५० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। अदालतको उक्त फैसला कार्यान्वयन हुन बाँकी रहेकै अवस्थामा उनी फरार रहँदै आएकी थिइन्।

    अनुसन्धानका क्रममा कार्कीले ुचारित्रिक विल्डर्स प्रालिु को नाममा कम्पनी दर्ता गरेर बनावटी कागजातहरू तयार पारेको खुलेको छ। उनले हाउजिङ तथा निर्माण कार्य गर्ने भन्दै कृत्रिम व्यवसाय र परियोजना खडा गरेकी थिइन्। सोही नक्कली परियोजनाका आधारमा तत्कालीन क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी उनले ८ करोड ५० लाख रुपैयाँ कर्जा निकासा गराउन सफल भएकी थिइन्।

    निकासा गरिएको उक्त ठूलो रकम परियोजनामा लगानी नगरी व्यक्तिगत स्वार्थ र अन्य क्षेत्रमा दुरुपयोग गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको थियो।

    प्रहरीका अनुसार उक्त कर्जा रकम परियोजनामा लगानी नगरी दुरुपयोग गरिएको भन्ने बैंकिङ कसुर मुद्दामा अदालतबाट सजाय सुनाइएपछि उनी फरार थिइन्। कार्कीलाई असार ९ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।

    पक्राउ परेकी कार्कीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend