प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह बाहनले ‘भिजिट चितवन, न्यानो ठाउँ' सो क्षेत्रको फेसबुकबाट प्रचार गरेर काठमाडौं फर्किएका छन् । पार्टीको महाविधेशन नसकिँदै उनि काठमाडौं फर्किएका हुन् ।
यस अघि प्रधानमन्त्री बालेनले डिडिसी दुधको पनि नेपाली उत्पादनभन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत प्रचार गरेका थिए ।
त्यतिमात्र होइन भिजिट चितवन भन्दै पर्यटकको लागि घुम्न जान आग्रह स्वरुप चितवनको प्रचारमा प्रधानमन्त्री देखेकाले अब आन्तरिक सँगै बाह्य पर्यटकको आकर्षण सो क्षेत्रमा हुने पर्यटन बोर्डका आकलन गरिएको नाम उल्लेख नगर्ने सर्तमा पर्यटन बोर्डका एक पदाधिकारीले जानकारी दिए ।
असार ७ गते श्रीमती र छोरीसहित चितवन पुगेका शाह बुद्ध एयरमार्फत आज काठमाडौं फर्किएका हुन् ।
बालेनसहित उनका सचिवालयका केही सदस्य पनि काठमाडौं फर्किएका छन् ।
महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्न ७ गते पुगेका बालेन ८ गते चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्र भ्रमण गरेका थिए ।
उनी हिजो असार ९ गते साँझ मात्रै महाविधेशनको बन्दसत्रमा पुगेका थिए । करिब डेढ घण्टा जति महाधिवेशनस्थलमा बसेका उनी पार्टी सभापतिमा रवि लामिछानेको प्रस्तावक बसे ।
प्रधानमन्त्री बालेन महाधिवेशन उद्घाटनस्थलबाट झन्डै १६ किलोमिटर पूर्व उत्तरतर्फ कालिका नगरपालिका-९ शक्तिखोरमा रहेको लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए ।


