सरकारी आश्वासनसँगै बन्द चिया उद्योग आजदेखि खुला

सरकारी आश्वासनसँगै बन्द चिया उद्योग आजदेखि खुला

ट्याक्स खबर
बिहिवार, आषाढ ११ २०८३
ट्याक्स खबर
बिहिवार, आषाढ ११ २०८३
  • images

    प्रधानमन्त्री वालेन्द्र साह (बालेन)को सचिवालयले चिया निर्यातमा देखिएको समस्या अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्न गठन गरेको कार्यदलको आश्वासनपछि असार ४ गतेदेखि बन्द भएका झापाका चिया उद्योग आज बिहीबारदेखि सञ्चालनमा आएका छन् । 

    झापामा ३० वटा सिटीसी चिया उद्योग छन् ।

    त्यसैगरी असार १ गतेदेखि बन्द भएका इलामको सुर्योदय नगरपालिका र इलाम नगर क्षेत्रमा रहेका ६५ वटा अर्थोडक्स चिया उद्योग पनि पुन:सञ्चालनको तयारीमा छन् ।


    प्रधानमन्त्री शाहको सचिवालयले गठन गरेको कार्यदलको निमन्त्रणामा इलाम र झापाका चिया उद्योगी चार दिन अघि संघीय राजधानी पुगेर कार्यदल र सम्बन्धित निकायसँग दिनहुँ वार्ता र छलफल गरिरहेका छन् ।

    कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन ९भारत० शाखाका उपसचिव सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य सचिव छन् ।

    भारतको चिया बोर्डले नेपालवाट निकासी हुने चियाको गुणस्तर परीक्षणका नाममा लागू गरेको नयाँ मापदण्ड (एसओपी) का कारण निकासी अवरुद्ध हुँदा असार १ गतेदेखि इलामका र असार ४ गतेदेखि झापाका चिया उद्योग बन्द हुन्दा एकलाख भन्दा बढी श्रमिक र ३० हजार चिया किसान प्रभावित वनेका थिए ।

    प्रधानमन्त्री शाहको सचिवालयले गठन गरेको कार्यदलको आश्वासन र किसानको हरियो चिया हुर्केर करोडौको नोक्सानी भएका कारण तत्काल उद्योग खोलेर उत्पादित चिया गोदाममा भण्डारण गर्ने निर्णय भएको नेपाल चिया उत्पादक संघले जनाएको छ । 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend