असार १५ गतेदेखि संसदलाई २ दिने तालिम

असार १५ गतेदेखि संसदलाई २ दिने तालिम

शनिवार, आषाढ १३ २०८३
शनिवार, आषाढ १३ २०८३
  • images

    काठमाडौं ।  प्रतिनिधि सभाका सदस्यलाई संघीय संसद् सचिवालयले तालिम दिने भएको छ। 

    संघीय संसद् सचिवालयको संसदीय प्रशिक्षण शाखाले सूचना जारी गरी सांसदलाई दुई दिन तालिम दिन लागेको जनाएको छ। प्रशिक्षण शाखाका उपसचिव बाबराम बस्यालले जारी गरेको सूचनामा असार १५ र १६ गते सांसदलाई तालिम दिन लागिएको उल्लेख छ। 

    पहिलो दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तालिम दिइनेछ। दोस्रो बिहान ११ बजेदेखि अपराह्न साढे ३ बजेसम्म तालिम दिने कार्यक्रम रहेको छ। 

    यसलाई संसद सचिवालयले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम भनेको छ। प्रतिनिधि सभाका सबै सांसदलाई उपस्थित हुन भनिएको छ। 

    press.jpg
    विज्ञप्ति

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend