सचिवको दरबन्दी कटौती गर्दै बाहिरबाट करिब ६० जनालाई सचिव तहकै नियुक्ती हुने

सचिवको दरबन्दी कटौती गर्दै बाहिरबाट करिब ६० जनालाई सचिव तहकै नियुक्ती हुने

बुधवार, आषाढ १७ २०८३
बुधवार, आषाढ १७ २०८३
  • images

    सरकारले संघीय १० सचिवको दरबन्दी कटौती कटौती गरेर बाहिरबाट झण्डै पाँच दर्जन व्यक्तिलाई सचिवसरहकै नियुक्ति दिने तयारी गरिरहेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित संघीय सरकार अन्तर्गतका १८ वटै मन्त्रालय यतिबेला संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मा तीव्र रूपमा जुटेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    Kiran--o.webp

    यही अभियानअन्तर्गत सचिवको झण्डै १० दरबन्दी कटौती गर्ने गरी उच्च तहमा गृहकार्य अघि बढाइएको यसरी १० जना सचिवको दरबन्दी काटेर चस्त प्रशासन बनाउन खोजेको प्रधानमन्त्रीको सचिवालयले ट्याक्स खबरलाई उल्लेख गर्यो ।

    सचिवहरुको दरबन्दी कटौतीका लागि भन्दै सरकारले प्रधानमन्त्री कार्यालयका सचिव किरणराज शर्माको नेतृत्वमा गठित उच्चस्तरीय कार्यदलमा अर्थ सचिव डा घनश्याम उपाध्याय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउत एवं भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेल सदस्य छन्।

    सो समितिले अनावश्यक संरचना, निकाय कार्यालय खारेजी गर्ने तयारी भइरहेको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend