कैलालीको जानकी गाउँपालिकाकी कर्मचारी कमला पौडेलले पारिश्रमिक मासिक रुपमा पाउने गरेकी छन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्धमासिक रूपमा कर्मचारीको तलब दिने घोषणा गरेको दुई महिना वितिसक्दा समेत कार्यान्वयन नभएको उनको भनाई छ । तर अर्थ मन्त्रालयकै कर्मचारीले भने १५ १५ दिनमै बुझेको बताउँछन् ।
अरुले अर्धमासिक रूपमा तलब पाएको देखिदैन ।
पारिश्रमिक भुक्तानी भएपछि कर्मचारीको सञ्चय कोषको विवरण तलब भुक्तानी भएको सात दिनभित्र कर्मचारी सञ्चय कोषमा उपलब्ध गराउनु पर्ने व्यवस्था छ।
सञ्चय कोषका निमित्त प्रशासक जीवन कुमार कट्वालका अनुसार कर्मचारीको तलब भुक्तानीको संयोजन गर्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले वैशाखमै सबै सरकारी कार्यालयलाई पत्राचारमार्फत १५ दिनमा तलब भुक्तानी गर्न सक्ने व्यवस्था सुरू गरिएको जानकारी गराएको थियो।
पारिश्रमिक पाएको ७ दिनमा कर्मचारी सञ्चय कोषमा विवरण उपलब्ध गराउने व्यवस्था छ । ४ हजार ५ सय कार्यालबाट विवरण आउने भएपनि अहिलेसम्म ५० वटाले मात्र पठाएको तत्थ्यांक छ ।
अहिलेसम्म सञ्चय कोषमा अर्थ मन्त्रालय अन्तर्गतको केही कोष तथा लेखा नियन्त्रण कार्यालय र वैशाख १६ गते अर्थमन्त्री वाग्लेले महालेखा नियन्त्रक कार्यालय (मलेनिका)लाई तलब प्रविष्ट गर्ने प्रणाली कम्प्युटराइज्ड गभर्मेन्ट एकाउन्टिङ सिस्टम (सिगास)मार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाउन लगाएर १५ दिनमै तलब दिने कार्यको सुरुआत गरेका थिए।
प्रधानमन्त्री कार्यालयले भने महालेखा नियन्त्रकको कार्यालयबाट अर्धमासिक रुपमा तलब भुक्तानी गर्नु भनेर निर्देशन आइनपुगको उल्लेख गरेको छ ।


