स्पेनसँग हारे लगत्तै पोर्जुगलका रुन्चे रोनाल्डोको विश्वकप यात्रा समाप्त

स्पेनसँग हारे लगत्तै पोर्जुगलका रुन्चे रोनाल्डोको विश्वकप यात्रा समाप्त

मंगलवार, आषाढ २३ २०८३
मंगलवार, आषाढ २३ २०८३
  • images

    डलासको तातो र आद्रू दिउँसोमा क्रिस्टियानो रोनाल्डोको गौरवशाली फिफा विश्वकप करियरको अन्त्य भयो । अन्तिम १६ को खेलमा पोर्चुगल स्पेनसँग १–० ले पराजित भएपछि विश्व फुटबलका महान् खेलाडीमध्ये एक रोनाल्डोको विश्वकप यात्रा समाप्त भएको हो ।

    हिजो सोमबारको खेल विश्वकपमा पोर्चुगलका लागि रोनाल्डोको अन्तिम उपस्थिति बन्यो । उनले लगातार छ संस्करणको विश्वकपमा आफ्नो अमिट छाप छाडेका छन् ।

    खेलपछि रोनाल्डोले आफ्नो विश्वकप बिदाइको पुष्टि गर्दै भने, ’म यसरी विश्वकपबाट बाहिरिनुपर्दा दुःखी छु । उनले थपे, ‘मैले सक्दो सबै दिएँ । आफ्नो उत्कृष्ट प्रयास गरेँ र अब म शान्त मनका साथ बाहिरिंदै छु । हो, यो मेरो अन्तिम विश्वकप थियो । अब मसँग सोच्ने र परिवारसँग समय बिताउने अवसर हुनेछ । म कुनै हतारको निर्णय गर्नेछैन ।’

    ४१ वर्षीय रोनाल्डोले भने पोर्चुगलका लागि यो आफ्नो अन्तिम खेल थियो वा होइन भन्नेबारे स्पष्ट प्रतिक्रिया दिएनन् । व्यक्तिगत निर्णयले टोलीको अभियानलाई ओझेलमा पार्न नचाहेको उनले बताए ।

    खेल समाप्त भएपछि रोनाल्डोले आँसु रोक्ने प्रयास गर्दै डलास स्टेडियमतर्फ अन्तिम पटक नजर डुलाए ।
    दर्शकलाई ताली बजाएर धन्यवाद दिएपछि कप्तानीको आर्मब्यान्ड हातमा समातेर उनी बिस्तारै ड्रेसिङ रुमतर्फ लागे ।

    यस वर्ष समूह चरणमा उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै पोर्चुगललाई ५–० को जित दिलाएका रोनाल्डो सन् २००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६ गरी लगातार छ वटा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो तथा एकमात्र खेलाडी बने ।

    रोनाल्डो पोर्चुगलका लागि विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन् । उनले विश्वकपमा २७ खेल खेल्दै ११ गोल गरेका छन् ।

    यस वर्ष क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत गरेको गोल उनको विश्वकप नकआउट चरणको पहिलो गोल थियो । साथै, ४१ वर्ष १४७ दिनको उमेरमा गोल गर्दै उनी विश्वकप नकआउट चरणमा गोल गर्ने सबैभन्दा पाका खेलाडी बने ।

    समग्र विश्वकप इतिहासमा भने उनी क्यामरुनका रोजर मिल्लापछि दोस्रो सबैभन्दा पाका गोलकर्ता हुन् । मिल्लाले सन् १९९४ मा रुसविरुद्ध ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका थिए ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend