कर्मचारीको अनुशासन र आचरण सुधार्न ‘डिजिटल’ निगरानी सुरु

कर्मचारीको अनुशासन र आचरण सुधार्न ‘डिजिटल’ निगरानी सुरु

शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • images

    काठमाडौं । सरकारले कर्मचारीको अनुशासन र आचरण सुधार्न ‘डिजिटल’ निगरानी सुरु गरेको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनपछि कर्मचारीको आचरणगत अनुशासनको स्थितिलाई कर्मचारी वैयक्तिक विवरणमा अनिवार्य अभिलेखीकरण गर्न थालिएको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ । 

    कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय कितावखानाले संयुक्त रूपमा कार्य प्रारम्भ गरेको कितावखानाले जनाएको छ । 

    किताबखानाका अनुसार कर्मचारीको आचरणगत पक्षलाई ट्र्याक गर्न राष्ट्रिय कितावखानाले सतर्कता केन्द्रलाई कर्मचारीको पीआईएस सिस्टमभित्र प्रवेश गरी सम्बन्धित कर्मचारीमाथि भएको कारबाहीको विवरण प्रविष्ट गर्न सक्ने गरी पहुँच उपलब्ध गराएको हो । 

    कारबाहीको विवरणलाई थप स्पष्ट पार्न पीआईएस सिस्टममा ‘कस्टमाइजेसन’को कार्य समेत थालिएको र यसले अब कुनै पनि कर्मचारीले गरेको गल्ती वा उसले पाएको चेतावनी उसको स्थायी रेकर्डमा सधैँका लागि रहनेछ।

    हालसम्म समयको पालना नगर्ने, माथिल्लो निकायको आज्ञा उल्लङ्घन गर्ने वा काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई सुपरीवेक्षकले चेतावनी दिने गरे पनि त्यसको औपचारिक अभिलेख रहने गरेको थिएन।

    जसका कारण खराब आचरण भएका कर्मचारीहरूले पनि सरुवा, बढुवा र पुरस्कारमा सफा रेकर्ड भएका कर्मचारीसरह सुविधा पाउने गरेका थिए। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend