गणेश नेपालीको मृत्युसँगै प्रधानमन्त्री बालेनको राजीनामा माग

गणेश नेपालीको मृत्युसँगै प्रधानमन्त्री बालेनको राजीनामा माग

शुक्रवार, आषाढ २६ २०८३
शुक्रवार, आषाढ २६ २०८३
  • images

    काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री  बालेन्द्र शाह बालेनको राजीनामा माग गरेका छन् ।

    राष्ट्रिय सभाको आज शुक्रबारको बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद समेत रहेका उनले सरकारका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

    ‘जलिरहेको मान्छेलाई घिसारेर, अपराधी झैं घिसारेर हस्पिटल पुर्‍याइन्छ । त्यहाँ भएका पुलिसहरू गणेश नेपाली आगोमा जलिरहँदा भाग्छन्,’ सांसद विश्वकर्माले भने, ‘र, उसलाई अपराधी झैं घिसारेर लग्छन् ।

     ती ट्राफिक प्रहरी, नगर प्रहरी र घिसारेर लैजाने प्रहरीलाई कडाभन्दा कडा कारबाही गरियोस् । बालेन सरकार राजीनामा दे ।’

    उनले बालेन सरकारको क्रुरताका कारण मुगुका गणेश नेपालीले आगोमा जल्नु परेको पनि जिकिर गरे ।

    ‘आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्‍याइन्छ । यो क्रुर सरकार जसले गणेश नेपालीलाई मर्न बाध्य बनायो । गणेश नेपालीको मृत्यु भइसकेको छ,’ उनले भने, ‘यो क्रुर सरकारले कुर्सीमा टाँसी रहनु उचित हो कि होइन रु यदि, नैतिकता छ भने बालेन सरकारले तुरून्त राजीनामा गरेर सडकमा आओस् ।’

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend