जनकपुरबाट आएका मिटरब्याज पीडित र सरकारबिच आज वार्ता

जनकपुरबाट आएका मिटरब्याज पीडित र सरकारबिच आज वार्ता

शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • images

    काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच निर्णायक वार्ता जारी छ ।  सिंहदरबारमा सुरु भएको वार्तामा पीडितका माग सम्बोधनका लागि समझदारी गर्ने तयारी भएको बताइएको छ । 

    सरकार र पीडित अगुवाबिच हिजो बिहीबार राति पनि वार्ता भएको थियो । असार २५ गते जनकपुरबाट मार्च पाससहित काठमाडौँ हिँडेका मिटरब्याज पीडितलाई सरकारले बाराको निजगढमै रोकेर गृहमन्त्री सुधन गुरुङले वार्ताको सुरुवात गरेका थिए । 

    वार्तामा  मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटासहित गृह, भूमि, अर्थ मन्त्रालयका सहसचिवहरू सहभागी छन् ।

    मिटरब्याज पीडितका तर्फबाट सङ्घर्ष समितिका किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाह, महासचिव मनोज पासवान, प्रवक्ता रिजन राना मगर सचिवालय सदस्यहरू किरण परियार र लक्ष्मी घिमिरे र संयुक्त जनअधिकार नेपालका निर्ग नवीन सहभागी रहेका छन् ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend