काठमाडौं । प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौंको गोठाटारकी मनिता शर्माको उपचारमा एभरेस्ट हस्पिटल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। ज्योत्सना शर्मा तिवारीले लापरबाही गरेको उपभोक्ता अदालतले ठहर गरेको छ ।
उपभोक्ता अदालतले हिजो बिहीबार दिएको फैसलामा एभरेस्ट अस्पताल र चिकित्सकको उपचारमा लापरबाही पुष्टि गर्दै पीडित पक्षलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो ।
अदालतका प्रवक्ता होमनाथ कँडेलका अनुसार अध्यक्ष डा.दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले एभरेस्ट अस्पतालबाट ३० लाख रुपैयाँ र डा. ज्योत्सना शर्मा तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
मृतक मनिताका श्रीमान् सुवास पराजुलीले उपचारमा लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए ।


