४९ लाख अमेरिकी डलरमा पेलेले लगाएको जर्सी बिक्री

४९ लाख अमेरिकी डलरमा पेलेले लगाएको जर्सी बिक्री

शनिवार, श्रावण २ २०८३
शनिवार, श्रावण २ २०८३
  • images

    काठमाडौं । फिफा विश्वकप-१९५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ। 

    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा जर्सी बिक्री भएको हो। यो फुटबल इतिहासमा लिलामीमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो।

    यसअघि अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपमा इङ्ग्ल्यान्डविरुद्धको चर्चित ‘ह्यान्ड अफ गड’ गोल गर्दा लगाएको जर्सी अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएको थियो। 

    Pele-with-Worldcup.webp
    पेले

    सन् २०२२ मा ९५ लाख डलरमा म्याराडोनाको जर्सी लिलामी भएको थियो। 

    पेलेको जर्सीका लागि ५ जनाभन्दा धेरै सहभागीबाट १० वटा बोलकबोल परेको थियो। यही जर्सी सन् २००४ मा भने एक लाख पाँच हजार ६ सय अमेरिकी डलरमा बिक्री भएको थियो।

    पेलेले १७ वर्षको उमेरमा सन् १९५८ मा स्विडेनविरुद्ध खेलेको विश्वकप फाइनलमा दुई गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाएका थिए। 

    विश्व फुटबलका दुवै महान् खेलाडी पेले र म्याराडोनाको निधन भइसकेको छ। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend