क्लासिक टेकको १७औँ वार्षिकोत्सव, ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानमार्फत सामाजिक उत्तरदायित्वमा जोड

क्लासिक टेकको १७औँ वार्षिकोत्सव, ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानमार्फत सामाजिक उत्तरदायित्वमा जोड

ट्याक्स खबर
शनिवार, श्रावण २ २०८३
ट्याक्स खबर
शनिवार, श्रावण २ २०८३
  • images

    काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘कनेक्ट फर इम्प्याक्ट’ भन्ने मूल नाराका साथ आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ।

    वार्षिकोत्सवको विशेष अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गर्नुका साथै प्रविधिको माध्यमबाट शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्‍याउने आफ्नो दीर्घकालीन प्रतिबद्धता दोहोर्‍याएको छ।

    कम्पनीका अनुसार ‘कनेक्ट फर इम्प्याक्ट’ अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ सुरु गरिएको हो। यसै अभियानअन्तर्गत कम्पनीले विभिन्न सामाजिक कार्यहरू समेत अघि बढाएको छ।

    समावेशी रोजगारी र डिजिटल शिक्षामा सहयोग
    आफ्नो स्थापनाको १७ वर्ष पुगेको अवसरमा क्लासिक टेकले नेपाल अपांग महिला संघसँग समावेशी रोजगारी प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ। यो सम्झौताले फरक क्षमता भएका महिलाहरूलाई रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।

    त्यसैगरी, बालबालिकाहरूको डिजिटल शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले अनमोल चिल्ड्रेन डेभलोपमेन्ट होमलाई एक थान कम्प्युटर र निःशुल्क उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend