जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक परिवर्तन-डा. श्रेष्ठ र बराल को कता ?

जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक परिवर्तन-डा. श्रेष्ठ र बराल को कता ?

मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • images

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक परिवर्तन गरेको छ। विभागका महानिर्देशक मित्र बराललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा तानेर सहसचिव डा. महेश्वर श्रेष्ठलाई विभागको जिम्मेवारी दिइएको हो।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्यक्रम, बजेट तथा अनुगमन महाशाखा प्रमुखसमेत रहेका डा. श्रेष्ठलाई विभागको महानिर्देशक बनाएका हुन्।

    मन्त्रालयले सरुवाको सहमतिका लागि बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा हिजो सोमबार सहमति प्राप्त भएको मन्त्रालयले जनाएको छ । सहसचिवस्तरका कर्मचारी तथा विभागीय प्रमुखको आन्तरिक सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयको सहमति लिने अभ्यास छ।

    मन्त्रालयका अनुसार महानिर्देशक बरालको कार्यसम्पादन अपेक्षाअनुसार प्रभावकारी नभएको गुनासोपछि नेतृत्व परिवर्तन गरिएको हो। मन्त्री श्रेष्ठले प्रारम्भमा सम्बन्धित जिम्मेवारीमा रहेका कर्मचारीलाई तत्काल नहटाई कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्ने नीति लिएका थिए।

    yo.png
    डा. महेश्वर श्रेष्ठ र मित्र बराल

    नयाँ आर्थिक वर्षका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न विभागीय नेतृत्व परिवर्तन आवश्यक देखिएको भन्दै बराललाई आयोगको सचिवालयतिर पठाएको हो ।

    महानिर्देशकसँगै विभागका उपमहानिर्देशकसमेत परिवर्तन भएका छन्। उपमहानिर्देशक डा. सन्तोष कैनी र दिनेश भट्टलाई मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयमा हालै आएका सहसचिव दिनेश रजौरियालाई विभाग पठाइएको जनाइएको छ।

    यसअघि विभागमा पाँच उपमहानिर्देशक रहने व्यवस्था रहेकामा पछिल्लो समय एउटा पद घटाएर चारवटा कायम गरिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend