राइड–सेयरिङ: पठाओकोे अर्थतन्त्र, रोजगारी र डिजिटल यात्राको नयाँ अध्याय

राइड–सेयरिङ: पठाओकोे अर्थतन्त्र, रोजगारी र डिजिटल यात्राको नयाँ अध्याय

शुक्रवार, श्रावण १५ २०८३
शुक्रवार, श्रावण १५ २०८३
  • images

    काठमाडौं । नेपालमा राइड–सेयरिङ सेवा सुरु भएको करिब एक दशकको अवधिमा शहरी यातायात, रोजगारी र डिजिटल अर्थतन्त्रमा उल्लेखनीय परिवर्तन आएको छ ।

    एक समय ट्याक्सी वा सार्वजनिक यातायातमा मात्र निर्भर रहनुपर्ने यात्रुहरू आज मोबाइल एपमार्फत केही मिनेटमै मोटरसाइकल वा कार अर्थात ट्याक्सी बुक गर्न सक्ने अवस्थामा पुगेका छन् । राइड–सेयरिङमा सबैभन्दा अगाडीको र यात्रु तथा चालकको बीमा समेत भएको सबैको विश्वासिलो तथा सरकारी नियमानुसार दर्ता भएकोमा पठाओको नाम लिन सकिन्छ ।

    २०१८ सेप्टेम्बर २८ अर्थात २०७५ असोज २ गते मंगलबारका दिनदेखि पठाओले सेवा शुरु गरेको हो । 
    हो, आज हामी यहि पठाओका म्यानेजिङ डाइरेक्टर यशु थकालीसँग कुराकानी गरेका छौं ।

    राइड–सेयरिङ पठाओ शुरु गर्नुको मुख्य कारण के हो ?
    यसको अप्युरच्युनिटी मार्केटमा देखेर ८ वर्षअघि शुरु गरेका हौं । ट्याक्सीमा महंगो पर्ने, माइक्रोबस, ठूलो बस तथा ट्याम्पुमा ढीला हुने भएकाले समयमै गन्तव्यमा पुग्नुपर्ने समस्याको समाधानका लागि पठाओ खुलेको हो । पब्लिक यातयातमा ट्याक्सी तथा मोटरसाइलमा यात्रा गर्दा सस्तो र सरल एंव सहजकताका लागि पठाओ खुलेको हो ।

    योसँगै अर्को कारण केहि छ ?
    छ नी सर्वसाधारणलाई सरलता हुने भयो । अर्को रोजगारीका लागि विदेशीनु नपर्ने अवस्था छ । मान्छेले पढ्छन् । स्नातकोत्तरसम्म पढेपनि भनेजस्तो राम्रो काम र पैसा नपाउन सक्छन् ।

    तसर्थ पढ्दै पार्ट टाइममा एउटा बाइक, स्कुटी किनेर जब गर्न सकिन्छ । सक्नेले ट्याक्सीपनि किन्न सक्छन् । छुट्टै खुबी भएका व्यक्तिहरुले पनि तीन पाङ्ग्रे गाडी किनेर आफुलाई रोजगारीमा समावेश गर्न सक्छन् । त्यतिमात्र होइन पूर्व आमी, पुलिस तथा विदेशबाट काम गरेर फर्केकाहरुले पनि रोजगारी अरु नखोजेर एउटा सवारी साधान खरिद गर्दा आफूलाई रोजगारीमा राख्न सक्छन् ।

    पठाओमा त्यस्ता व्यक्तिहरु समवेस हुनुहुन्छ । यो ट्रान्जिट जब हो । 

    IMG-20260730-WA0003.jpg
    पठाओका म्यानेजिङ डाइरेक्टर यशु थकाली

    पठाओमा कति सम्लग्न हुनुहुन्छ ?
    पठाओमा २० प्रतिशत फूल टाइम जब होल्डर र ८० प्रतिशत पार्ट टाइमर रोजगारी गर्ने हुनुहुन्छ ।

    फूल र पार्ट टाइम कसरी छुट्टिन्छ ?
    एक दिनमा ४ टाइम वा सोभन्दा कम सवारी चलाउनेलाई पार्ट टाइमर्स र दिनमा ४ वा सोभन्दा बढी ट्रिप गर्नेलाई फूल टाइमर्स राइडर भनिन्छ । साथै हप्तामा ७ दिनमा ५ दिन एक्टिभ हुने फूल टाइमर्स हो । पार्ट टाइमर्समा विद्यार्थी धेरै, कार्यालयमा काम गर्ने व्यक्तिहरु, कहिले काँही ट्रिप गर्ने व्यक्तिहरु हुनुहुन्छ ।

    मुख्य कूरा डिमान्ट सप्लाइकै हुन्छ ।

    पठाओको नै किन विश्वास गर्ने अरुपनि राइडर कम्पनीहरु छन् नी ?
    पठाओले सवारी चालक, ग्राहक जो सवारी साधन बुकिङ गरेर बस्नुहुन्छ । उहाँहरुको बीमा छ । योसँगै कुनै दुर्घटना भयो भने २४ सै घण्टा पठाओको फोन रिसीभ हुन्छ कार्यालयमा । तत्कालै पूर्व पुलिस, आर्मीहरु घटनास्थल पुग्नुहुन्छ र उपचार प्रक्रियामा लागिन्छ ।

    यो पठाओलाई विश्वास गर्ने मुख्य एजेन्डा हो । राइडर कम्पनी पठाओले फाइदामात्र हेर्ने होइन । फाइदासँगै उत्तरदायित्व पनि पूरा गर्ने मुख्य पाटो भएकाले फाइदा पठाओबाट नै हुन्छ । 

    अहिलेसम्म पठाओको कति जनाले सुविधा लिनुभएको छ ?
    पठाओको राइडहरुमा ३ लाख ७५ हजार हुनुहुन्छ । जसले रोजगारी पठाओबाट पाइरहनुभएको छ । योसँगै २०१८ सेप्टेम्बर २८ अर्थात २०७५ असोज २ गते देखि सञ्चालित पठाओले यो ८ वर्षसम्ममा ५५ लाख जनालाई सुविधा दिरहनुभएको छ । यो राम्रो हो । 

    पठाओको अबको योजना ?
    अहिलेको सुविधालाई व्यवस्तित गर्नुका साथै अझ बढीलाई सुविधा दिने योजना छ । पठाओ हेलि, पठाओ सामाग्री, पठाओ मेकानिक, समाजमा हुने सबै ट्राभल सम्बन्धि कार्यलाई अझ छिटो र व्यवस्थित बनाउन लागिराछौं । योजना अझै राम्रो बनाउने छ ।

    ग्रोसरी, लजिस्टिक, टुरिजम लगायतका क्षेत्रमा पनि पठाओले सुविधा दिन्छ । रिस्क्युसँगै समाजमा हुने विभिन्न कार्यमा पठाओले सुविधा दिने योजनामा लागेका छौं । 

    विश्वासिलो पठाओले राज्यलाई कति राजश्व तिर्छ ?
    सरकारी नियमानुसार  नै सरकारलाई पठाओले ट्याक्स तिरिराछ । नाफामा २५ प्रतिशत राजश्व पठाओले तिरिराछ । योसँगै प्रति ट्रिपमा १००रुपैयाँमा ५ प्रतिशत भ्याट, १प्रतिशत टिडीएस लागु भएको छ । यो सबै नियमानुसार पठालोले तिर्छ ।

    तर ट्याक्सी सार्वजनिक यातायात भएकाले पठाओबट लिँदा ट्याक्स तिर्नुपर्छ । सर्वसाधारण मारमा पर्छन् । पठाओ नचलाउँदा ट्याक्स पर्दैन ।

    आन्तरिक राजश्व विभागका पदाधिकारीहरुसँग यसबारेमा छलफल गर्दैछौं । आशा छ, सुधारका कार्यहरु हुने छन् करमा ।

    पठाओको डिजिटल अर्थतन्त्र ?

    अहिले पठाओले डिजिटल पेको कुने व्यवस्था गरेको छैन । अब केहि समयमा डिजिटल प्लेट फर्म निर्माण गर्दैछौं पठाओको । यो ८ वर्षसम्म ग्राहक र चालकबीच विभिन्न डिजिटल माध्यमबाट रकम आदान प्रदान हुन्छ । तर केहि समयपछि पठाओको डिजिटल अर्थतन्त्र पूर्ण रुपमा लागु हुनेछ । 

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend