काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको नाफा गत आर्थिक वर्ष २०८२-८३ मा करिब चार गुणाले बढे पनि कम्पनीले सरकारलाई तिरेको आयकर, टीडीएस, रोयल्टी तथा अन्य कर–राजस्वको ठ्याक्कै रकम भने वार्षिक अडिटेड वित्तीय विवरण सार्वजनिक भएपछि मात्रै यकिन हुने देखिएको छ।
कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३९०.१५ प्रतिशतले बढेर २६ करोड ५८ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ५ करोड ४२ लाख रुपैयाँ थियो।
कम्पनीको नाफा वृद्धिमा वित्तीय खर्चमा आएको ठूलो गिरावटले मुख्य भूमिका खेलेको छ।
अघिल्लो आवमा ५७ करोड ५१ लाख रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा अवधिमा घटेर ४० करोड ४७ लाख रुपैयाँमा झरेको छ। य
सबाट कम्पनीले एक वर्षमा करिब १७ करोड रुपैयाँ वित्तीय खर्च बचत गरेको देखिन्छ।
त्यस्तै, विद्युत् बिक्रीबाट हुने आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट १ अर्ब ११ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.६९ प्रतिशत बढी हो।
सानिगाड हाइड्रोको नाफा बढेसँगै सरकारले प्राप्त गर्ने आयकरसमेत बढेको हुनसक्ने देखिन्छ। तर खुद नाफा २६ करोड ५८ लाख रुपैयाँ भएको आधारमा मात्रै आयकर यति नै भयो भनेर देखाएको छैन ।
सम्बन्धित कम्पनीमा सम्पर्क गर्दा समेत करयोग्य आयमा कर छुट, खर्चको कर प्रयोजनका लागि हुने समायोजन, अघिल्लो वर्षका करसम्बन्धी हिसाब तथा अन्य प्रावधानको प्रभाव पर्न सक्ने भएकाले केहि समयपछि मात्र सानिगाड हाइड्रोको आधिकारिक वेबसाइटमा राजश्ज विवरण सार्वजनिक हुने जनाएको छ ।


