आजको राजश्व: सरकारलाई साउन २५ ले दियो राहत, एकैदिन उठ्यो १७ अर्ब ३३ करोड

आजको राजश्व: सरकारलाई साउन २५ ले दियो राहत, एकैदिन उठ्यो १७ अर्ब ३३ करोड

मंगलवार, श्रावण २६ २०८३
मंगलवार, श्रावण २६ २०८३
  • images

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३-८४ को साउन २५ गते सोमबार एकैदिन १७ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

    महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार साउन २५ गते मात्रै सरकारको कुल राजस्व आम्दानी १७ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ पुगेको हो।

    एकैदिन संकलित राजस्वमध्ये कर राजस्व १३ अर्ब २७ करोड ९८ लाख रुपैयाँ रहेको छ। त्यस्तै गैरकर राजस्व ४ अर्ब ५ करोड ३८ लाख रुपैयाँ संकलन भएको कार्यालयको विवरणमा उल्लेख छ।

    यस दिनको राजस्वसहित चालु आर्थिक वर्षको साउन २५ गतेसम्म सरकारको कुल राजस्व संकलन ७६ अर्ब २५ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यो वार्षिक राजस्व लक्ष्यको ४.८३ प्रतिशत हो। 

    कुल राजस्वमध्ये हालसम्म कर राजस्व ६९ अर्ब ८० करोड ३ लाख रुपैयाँ र गैरकर राजस्व ६ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ संकलन भएको छ।

    सरकारले चालु आर्थिक वर्षमा कुल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। 

    राजस्वबाहेक अनुदान तथा अन्य प्राप्तिसमेत जोड्दा साउन २५ गतेसम्म सरकारको कुल प्राप्ति ७७ अर्ब १९ करोड ६६ लाख रुपैयाँ पुगेको छ। सोमबार मात्रै कुल सरकारी प्राप्ति १७ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ भएको देखिन्छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend