बाढी प्रभावित थप सात क्षेत्रमा टेलिकमको सेवा सुचारु

बाढी प्रभावित थप सात क्षेत्रमा टेलिकमको सेवा सुचारु

शनिवार, भाद्र १३ २०८३
शनिवार, भाद्र १३ २०८३
  • images

    काठमाडौं। नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा शनिबार सेवा सुचारु गरेको छ। यससँगै प्रभावित १२० साइट मध्ये ९३ साइट सञ्चालनमा आएका छन्। 

    नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावरमार्फत सेवा सुचारु गरेको छ। यसबाट उक्त जलविद्युत आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्दार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ। यसका लागि आवश्यक सामग्री सवारी साधनको प्रयोग गरी तथा भरियामार्फत ढुवानी गरिएको थियो। 

    रसुवाकै उत्तरगया गाउँपालिकाको कालिकास्थानमा रहेको टावरमार्फत पनि सेवा सुचारु भएको छ। 

    यसैगरी नुवाकोट जिल्लाको तुप्चे र बुङताङ बीटीएस पनि आजैदेखि सञ्चालनमा आएका छन्। उक्त टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो। यी वाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावर समेत सुचारु भएका छन्। 
    कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल समेत नुवाकोट लगायतका प्रभावित क्षेत्र पुगेकी छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend