बाढीले अर्थतन्त्रको साढे ६ खर्ब प्रभावित भएको अर्थमन्त्री वाग्लेको अनुमान

बाढीले अर्थतन्त्रको साढे ६ खर्ब प्रभावित भएको अर्थमन्त्री वाग्लेको अनुमान

आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • images

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर (करिब ६ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी) आवश्यक पर्न सक्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् ।

    अन्तराष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले यो खर्च नेपालको कुल अर्थतन्त्रको झण्डै १० प्रतिशत बराबर हुने जानकारी दिए । नेपालको अर्थतन्त्रको आकार अहिले ६६ खर्ब रहेको छ ।

    ‘प्रारम्भिक अनुमान अनुसार ४ देखि ५ अर्ब डलर लाग्ने देखिएको छ, तर यो एउटा प्रारम्भिक आकलन मात्र हो,’ वाग्लेले भने । उनले सन् २०१५ को महाभूकम्पको तुलनामा यसपटक पुनर्निर्माणका लागि कम रकम आवश्यक पर्ने बताए । 

    सन् २०१५ को भूकम्पपछि पुनर्निर्माणमा ९ अर्ब डलर खर्च भएको थियो, जसले नेपालको अर्थतन्त्रको करिब एक तिहाइ हिस्सा ओगटेको थियो ।


    गत बुधबार हिमनदीको एउटा हिस्सा भत्किएर आएको ढुङ्गा, हउँ र लेदोसहितको भीषण बाढीले नेपाल र चीनको तिब्बत क्षेत्रमा ६०० भन्दा बढी मानिसको ज्यान लिइसकेको छ । 

    बाढीमा परी अझै २ हजारभन्दा बढी मानिस बेपत्ता छन्। बाढीले सीमावर्ती क्षेत्रका धेरै बस्तीहरू सखाप पारेको छ भने दर्जनौँ पुल, सडक र ठूला जलविद्युत् आयोजनाहरूमा गम्भीर क्षति पुर्‍याएको छ ।

    विप्रेषण ९रेमिट्यान्स०, पर्यटन र जलविद्युत्‌मा आधारित नेपालको अर्थतन्त्रका लागि यो बाढी ठूलो आर्थिक धक्का सावित भएको छ । बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको १२ प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने आयोजनाहरू क्षतिग्रस्त भएका छन् । 

    सरकारले अहिले क्षतिको विस्तृत मूल्यांकन गरिरहेको अर्थमन्त्री वाग्लेले बताए ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend