काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले रसुवा बाढीबाट प्रभावितको सहयोगका लागि ८० टन राहत सामग्री पठाएको छ ।
यूएईबाट जहाजमा उक्त परिमाणको सहयोग नेपालमा आएको हो ।
उक्त सहयोग सरकारका तर्फबाट मन्त्री महावीर पुनले शनिबार राति साढे ११ बजे बुझेका थिए । पुनले पर्सी अर्को हवाईजहाजमा अरु सामाग्रीहरु आउने जानकारीसमेत दिएका छन् ।
यूएईका राष्ट्रपति शेख महोमद बिन जायद अल नायनले नेपाललाई यसअगाडि १ करोड अमेरिकी डलर सहयोग गर्ने बताएका थिए।
भदौ १० को रसुवा स्थित भोटेकोशी नदीको भीषण बाढीपछि रसुवा, नुवाकोट लगायतका जिल्ला नराम्ररी प्रभावित भएका छन् ।


