‘मायादेवी’को ट्रेलर सार्वजनिक- सिरियल प्रसारणमा आउने

‘मायादेवी’को ट्रेलर सार्वजनिक- सिरियल प्रसारणमा आउने

सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • images

    काठमाडौ । नेपाली समाज, जीवनशैली, सम्बन्ध, संघर्ष र मानिसका विविध भोगाइलाई कथाको केन्द्रमा राखेर निर्माण गरिएको ५० भागको नेपाली मेगा सिरियल ‘मायादेवी’को ट्रेलर सार्वजनिक भएको छ।

    Silver Wolf Media  तथा यादबिका ७ रियासा फिल्मको संयुक्त प्रस्तुतिमा निर्माण भएको सिरियलले एउटा गाउँ वा परिवारको कथा मात्र नभई समग्र नेपालको जनजीवन, नेपाली मानिसका सपना, संघर्ष, सम्बन्ध र सामाजिक परिवेशलाई पर्दामा उतार्ने प्रयास गरेको छ।

    मेलम्ची, तालामाराङ र हेलम्बुको प्राकृतिक तथा ग्रामीण परिवेशमा छायांकन गरिएको ‘मायादेवी’ अबको दुई साताभित्र आधिकारिक Mayadevi_Serial YouTube Channel मार्फत दर्शकमाझ आउने तयारीमा छ।

    ‘मायादेवी’को कथाको केन्द्रमा माया नामकी युवती रहेकी छन्। उनको जीवनमा आउने पारिवारिक, सामाजिक र व्यक्तिगत परिस्थितिले कथालाई अघि बढाउनेछ।

    मायाको यात्रामार्फत सिरियलले नेपाली समाजमा रहेका विभिन्न सम्बन्ध, पारिवारिक मूल्य, संघर्ष, सामाजिक सोच, आर्थिक अवस्था तथा मानिसका भावनात्मक पक्षलाई प्रस्तुत गर्नेछ।

    ‘माया’बाट ‘मायादेवी’सम्मको यात्रा यस सिरियलको मुख्य कथात्मक आधार भए पनि कथा एउटी पात्रमा मात्र सीमित नरहने निर्माण पक्षले जनाएको छ।

    सिरियलले नेपालका विभिन्न भूगोलमा बस्ने मानिसको जीवनशैलीलाई कथाको महत्वपूर्ण हिस्सा बनाउनेछ। पहाडको गाउँदेखि शहरसम्म, परिवारदेखि समाजसम्म तथा परम्परागत जीवनशैलीदेखि बदलिँदो नेपाली समाजसम्मका विषयलाई कथामा समेट्ने प्रयास गरिएको छ।

    नेपालको भौगोलिक र सांस्कृतिक विविधताका बीच नेपाली नागरिकले भोग्ने साझा समस्या, सपना, प्रेम, पीडा, संघर्ष र आशालाई सिरियलले मनोरञ्जनको माध्यमबाट प्रस्तुत गर्नेछ।

    विशेषगरी नेपाली महिलाको जीवन, पारिवारिक जिम्मेवारी, सामाजिक दबाब, आर्थिक संघर्ष र आफ्नो पहिचानका लागि गरिने प्रयासलाई कथामा महत्वपूर्ण स्थान दिइएको छ।

    महिला पात्रहरूको जीवनमार्फत नेपाली समाजमा देखिने विभिन्न सामाजिक अवस्थालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ। यससँगै युवा पुस्ताको सोच, रोजगारी, सम्बन्ध र बदलिँदो सामाजिक मूल्यलाई समेत कथाले समेट्नेछ।

    सिरियलको कलाकार टोलीमा सुधीर श्रेष्ठ, दिया जी।सी।, उत्तम के.सी., कर्मा लामा, सरिता भण्डारी, रामहरी खड्का, अञ्जु गुरुङ, देव महर्जन, बद्री पुडासैनी, प्रवन भुषाल, दीपक के.सी., रेणुका आचार्य, मीना तामाङ, कल्पना बस्नेत, निर्मल लम्साल, भरत थापा, अर्जुन साह, अनु खड्का, सुजन गिरी, अर्जुन श्रेष्ठ र हरि श्रेष्ठ रहेका छन्।

    कलाकार दिया जी.सी.र सरिता भण्डारी सिरियलका महत्वपूर्ण महिला कलाकारका रूपमा रहेका छन्।

    उनीहरूको भूमिकामार्फत नेपाली परिवार, महिला जीवन, सम्बन्ध र समाजसँग जोडिएका भावनात्मक पक्षलाई कथामा प्रस्तुत गरिनेछ। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend