रसुवा बाढी:  कन्टिनेन्टल ट्रेडिङको २५ लाख रुपैयाँ सहयोग

रसुवा बाढी:  कन्टिनेन्टल ट्रेडिङको २५ लाख रुपैयाँ सहयोग

बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • images

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

    कम्पनीका अध्यक्ष सुहृद् घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिती घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

    विपद्को कठिन घडीमा पीडित नागरिकको दुःखमा साथ दिन तथा सरकारको राहत र उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको कम्पनीले जनाएको छ ।

    चेक हस्तान्तरणका क्रममा कन्टिनेन्टल ट्रेडिङका प्रतिनिधिहरूले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

    साथै, विपद्मा परी घाइते भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    प्राकृतिक विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु तथा राहत र उद्धार कार्यमा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसमेत भएको कम्पनीका अध्यक्ष सुहृद् घिमिरेले ट्याक्सखबरलाई जानकारी दिए । 

    कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले आगामी दिनमा पनि आवश्यकता तथा आफ्नो क्षमता र सामर्थ्यअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend