अघिल्लो वर्षको तुलनामा ७७ प्रतिशतले बढ्यो निर्यात

अघिल्लो वर्षको तुलनामा ७७ प्रतिशतले बढ्यो निर्यात

सोमवार, आषाढ ९ २०८२
सोमवार, आषाढ ९ २०८२
  • images

    काठमाडौं ।  नेपालले चालु आर्थिक वर्षमा निर्यातको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। अघिल्लो वर्षको तुलनामा ७७.७७ प्रतिशतले निर्यात वृद्धि भएको छ, जुन पछिल्लो समयको एक उत्कृष्ट उपलब्धिका रूपमा लिइएको छ।

    प्रधानमन्त्री तथा नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ का ११ महिनामा मात्रै २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँबराबरको वस्तु तथा सेवाहरू निर्यात गरिएको छ। ओलीले यो वृद्धि अर्थतन्त्रको सुधारतर्फको सकारात्मक संकेत भएको दाबी गरेका छन्।

    समाजिक सञ्जालमा उनको पोस्टमा नेपालले अन्तर्राष्ट्रिय बजारमा निर्यात क्षमता विस्तार गरेको सन्देश समेत प्रवाह गरिएको छ। यतिबेला आयातभन्दा निर्यात प्रवर्द्धन गर्नुपर्ने आवश्यकता झनै बढिरहेको सन्दर्भमा निर्यातमा देखिएको  वृद्धिले राष्ट्रको व्यापार घाटा न्यूनीकरणतर्फ आशा जगाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend