यूएईले बाढीपछिको पुनर्निर्माणका लागि थप ३ अर्ब ८३ करोड दिने, यूएईको सहयोग रकम ५ अर्ब ३६ करोड पुग्यो

यूएईले बाढीपछिको पुनर्निर्माणका लागि थप ३ अर्ब ८३ करोड दिने, यूएईको सहयोग रकम ५ अर्ब ३६ करोड पुग्यो

ट्याक्स खबर
आइतवार, आश्विन ११ २०८३
ट्याक्स खबर
आइतवार, आश्विन ११ २०८३
  • images

    काठमाडौं। नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि संयुक्त अरब इमिरेट्स (यूएई_ले दिने सहयोगको प्रतिबद्धता ३५ मिलियन अमेरिकी डलर पुगेको छ। पछिल्लो पटक यूएईले बाढी प्रभावितका लागि थप २५ मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

    यसअघि यूएईले बाढीपहिरो प्रभावितको राहत तथा प्रारम्भिक पुनःस्थापनाका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो।

    अहिले प्रतिबद्ध गरिएको थप २५ मिलियन डलरलाई समेत जोड्दा यूएईको कुल प्रतिबद्धता ३५ मिलियन डलर पुगेको हो। २५ मिलियन डलरलाई करिब ३ अर्ब ८३ करोड रुपैयाँ मान्दा यसअघि प्रतिबद्ध १० मिलियन डलर करिब १ अर्ब ५३ करोड रुपैयाँ हुन्छ। यस आधारमा यूएईको कुल प्रतिबद्धता करिब ८८५ अर्ब ३६ करोड रुपैयाँ८८ पुग्छ।

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा शनिबार न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र यूएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानबीच भएको भेटवार्तामा थप २५ मिलियन डलर सहयोगको विषय आएको हो। खनालले बाढी प्रभावित नेपाली समुदायका लागि यूएईले यसअघि उपलब्ध गराएको मानवीय सहयोगप्रति धन्यवाद दिँदै थप सहयोगको प्रतिबद्धताका लागि पनि आभार व्यक्त गरेका छन्।

    यूएईले यसअघि घोषणा गरेको १० मिलियन डलरअन्तर्गत खाद्यान्न, आश्रय सामग्री, विद्युत् जेनेरेटरलगायत राहत सामग्री नेपाल पठाएको थियो। अगस्ट अन्त्यदेखि सुरु भएको हवाई सहायता अभियानअन्तर्गत सेप्टेम्बर १७ सम्म ६ वटा विमानबाट २४५ टन मानवीय सहायता नेपाल ल्याइसकेको यूएईले जनाएको छ।

    अबको थप २५ मिलियन डलरको सहयोग भने बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा प्रारम्भिक पुनर्निर्माणमा उपयोग हुने अपेक्षा गरिएको छ।

    यूएईको पछिल्लो प्रतिबद्धता बाढीबाट क्षतिग्रस्त सडक, पुल, बस्ती तथा अन्य पूर्वाधार पुनःस्थापनाका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग खोजिरहेका बेला आएको हो।

    भेटवार्तामा नेपाल–यूएई सम्बन्धलाई थप बलियो बनाउने विषयसँगै श्रम, व्यापार, लगानी, पर्यटन, नवीकरणीय ऊर्जा, कनेक्टिभिटी र संयुक्त राष्ट्रसंघमा बहुपक्षीय सहकार्यबारे पनि छलफल भएको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend