ऋण सञ्चालन प्रणालीमा प्राविधिक समस्या, १० अर्बको ट्रेजरी बिल बोलकबोल रद्द

ऋण सञ्चालन प्रणालीमा प्राविधिक समस्या, १० अर्बको ट्रेजरी बिल बोलकबोल रद्द

सोमवार, कार्तिक १० २०८३
सोमवार, कार्तिक १० २०८३
  • images

    काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण सञ्चालन तथा व्यवस्थापन प्रणाली (डोम्स) मा प्राविधिक समस्या आएपछि सोमबारका लागि तय गरिएको १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल रद्द भएको छ।

    कार्यालयका लेखा अधिकृत कृष्णप्रसाद शर्माका अनुसार प्रणालीमा समस्या देखिएपछि निर्धारित बोलकबोल प्रक्रिया स्थगित गरिएको हो। समस्या समाधान भएपछि बोलकबोल प्रक्रिया पुनः अघि बढाइने उनले बताए।

    कार्यालयले गत असोज ३० गते प्रकाशित सूचनाअनुसार सोमबार ट्रेजरी बिल निष्कासन तथा नवीकरणका लागि बोलकबोल गर्ने तालिका सार्वजनिक गरेको थियो।

    निर्धारित कार्यक्रमअनुसार ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल निष्कासन गर्ने र १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने तयारी थियो। यसरी कुल १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने योजना बनाइएको थियो।

    तालिकाअनुसार सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रिया सञ्चालन हुनुपर्ने थियो। तर, बोलकबोलका लागि प्रयोग हुने डोम्स प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएपछि कार्यालयले सूचना जारी गर्दै प्रक्रिया रद्द गरेको हो।

    प्रणालीमा देखिएको समस्या समाधान गरी बोलकबोलको नयाँ मिति तथा प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend