काठमाडौं । सोल्टी होटल लिमिटेडले सेयरधनीलाई कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
होटलले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १६.८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश पारित गर्न होटलले पुस २१ गते ५२औँ वार्षिक साधारण सभा बोलाएको छ। काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुने सभामा लाभांशसहितका विभिन्न प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि होटलले पुस १ गतेदेखि २१ गतेसम्म सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने भएको छ।
बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् मंसिर २९ गतेसम्म सेयरधनी दर्ता किताबमा कायम रहेका लगानीकर्ताले मात्रै प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।



