चेपाङ समुदायका १३० विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंकको न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

चेपाङ समुदायका १३० विद्यार्थीलाई सांग्रिला डेभलपमेन्ट बैंकको न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

शनिवार, मंसिर ६ २०८३
शनिवार, मंसिर ६ २०८३
  • images

    काठमाडौं । जाडो मौसम सुरु भएसँगै मकवानपुरको मनहरी गाउँपालिका–४ चिसापानीस्थित चेपाङ प्राथमिक विद्यालयका १३० विद्यार्थीले न्यानो कपडा र शैक्षिक सामग्री पाएका छन्।

    सांग्रिला डेभलपमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विद्यार्थीलाई ट्र्याकसुट, कापी र कलम वितरण गरेको हो।

    बैंकको हेटौंडा शाखाको पहलमा गरिएको सहयोगले आर्थिक तथा शैक्षिक रूपमा सहयोग आवश्यक पर्ने चेपाङ समुदायका बालबालिकालाई लक्षित गरेको छ। जाडोबाट जोगिन न्यानो कपडासँगै पठनपाठनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको बैंकले जनाएको छ।

    हेटौंडा शाखा प्रबन्धक बिनेश कार्कीको पहलमा आयोजित कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, शाखाका कर्मचारी तथा विद्यालय परिवारको उपस्थिति थियो। बैंककी मार्केटिङ प्रमुख अर्पणा बज्राचार्यबाट प्राप्त सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो।

    शाखा प्रबन्धक कार्कीले यस्तो सहयोगले विद्यार्थीको दैनिक जीवन र अध्ययनमा सहजता ल्याउनुका साथै उनीहरूको आत्मविश्वास बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend