दुई लघुवित्तको लाभांश घोषणा, महुलीले १० र स्वावलम्बनले ५ प्रतिशत दिने

दुई लघुवित्तको लाभांश घोषणा, महुलीले १० र स्वावलम्बनले ५ प्रतिशत दिने

ट्याक्स खबर
सोमवार, मंसिर ८ २०८३
ट्याक्स खबर
सोमवार, मंसिर ८ २०८३
  • images

    काठमाडौं। स्वावलम्बन र महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। दुवै संस्थाले मंसिर ४ गते बसेको सञ्चालक समिति बैठकबाट लाभांश प्रस्ताव पारित गरेका हुन्।

    स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश दिने भएको छ। यसमध्ये ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

    त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। यसमा ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

    दुवै संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।

    महुलीको प्रस्तावित लाभांश स्वावलम्बनको भन्दा दोब्बर छ। दुवै कम्पनीले नगदभन्दा बोनस शेयरलाई प्राथमिकता दिएका छन्।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend