तीन वर्षपछि लाभांश दिँदै लक्ष्मी लघुवित्त, ५ प्रतिशत वितरणको घोषणा

तीन वर्षपछि लाभांश दिँदै लक्ष्मी लघुवित्त, ५ प्रतिशत वितरणको घोषणा

शुक्रवार, मंसिर ५ २०८३
शुक्रवार, मंसिर ५ २०८३
  • images

    काठमाडाैं। लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन आर्थिक वर्षपछि सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

    मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।

    लक्ष्मी लघुवित्तले पछिल्ला तीन आर्थिक वर्षदेखि लाभांश वितरण गरेको थिएन। यसअघि आर्थिक वर्ष २०७८/७९ मा संस्थाले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिएको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend