फोनपे बन्यो ललितपुर-१ का करदातामध्ये सर्वाधिक आयकर बुझाउने संस्था

फोनपे बन्यो ललितपुर-१ का करदातामध्ये सर्वाधिक आयकर बुझाउने संस्था

बुधवार, मंसिर १० २०८३
बुधवार, मंसिर १० २०८३
  • images

    काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक फोनपे पेमेन्ट सर्भिस लिमिटेड सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानित भएको छ।

    आन्तरिक राजस्व कार्यालय ललितपुर–१ ले आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा कार्यालयअन्तर्गतका करदातामध्ये फोनपेलाई सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानपत्र प्रदान गरेको हो।

    राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रममा प्रमुख कर अधिकृत शिवकुमार राईले फोनपेलाई सम्मानपत्र प्रदान गरेका थिए। उनले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन र आर्थिक गतिविधिलाई औपचारिक प्रणालीमा आबद्ध गर्न फोनपेले पुर्‍याएको योगदानको प्रशंसा गरे।

    फोनपे यसअघि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा पनि सम्मानित भएको थियो। आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट कम्पनीले सम्मान पाएको थियो।

    नेपालको डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा सक्रिय फोनपेले लाखौँ प्रयोगकर्ता, वित्तीय संस्था तथा मर्चेन्ट सञ्जालमार्फत डिजिटल वित्तीय सेवाको पहुँच बढाउँदै आएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend