बजेट आश्रित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभामा टेबुल

बजेट आश्रित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभामा टेबुल

आइतवार, आषाढ १५ २०८२
आइतवार, आषाढ १५ २०८२
  • images

    काठमाडौं । राष्ट्रिय सभाको बैठकमा बजेटसँग सम्बन्धित दुई विधेयक टेबुल भएका छन्। राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभामा पेश गरेका हुन्।

    बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले विषयगत समितिमा रहेका सांसदहरूको नाम हेरफेर गरिएको जानकारी गराएका छन्। सांसद नारायणकाजी श्रेष्ठलाई विधान व्यवस्थापन समितिबाट हटाई विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पठाइएको छ। त्यस्तै, सांसद झक्कुप्रसाद सुवेदीलाई विकास समितिबाट हटाई विधायन व्यवस्थापन समितिमा समावेश गरिएको छ।

    सम्बन्धित हेरफेर प्रस्तावलाई बैठकले स्वीकृति दिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend