काठमाडौं महानगरपालिकाले आज २५ अर्बको बजेट ल्याउँदै

काठमाडौं महानगरपालिकाले आज २५ अर्बको बजेट ल्याउँदै

ट्याक्स खबर
आइतवार, आषाढ २९ २०८२
ट्याक्स खबर
आइतवार, आषाढ २९ २०८२
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउदै छ । शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णय अनुसार आज बजेट ल्याउन लागिएको हो । आज दिउँसो २ बजे नगरसभा बैठक बोलाइएको छ । नगरसभा अघि बिहान ११ बजे कार्यपालिका बैठक बस्नेछ ।

    गत शुक्रबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षातामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो । उक्त कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह बालेनले नगरसभा बोलाउने प्रस्ताव गरेका थिए। उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो। लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरेका थिए। त्यो दिन कार्यपालिका बैठक करिब एक मिनेटमै सकिएको थियो। 

    महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउनेछ। शुक्रबार नै बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट अनुमानित आय र खर्चका आधारमा बजेटको सीमा निर्धारण गरिएको हो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend