काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

ट्याक्स खबर
आइतवार, आषाढ २९ २०८२
ट्याक्स खबर
आइतवार, आषाढ २९ २०८२
  • images

    काठमाडौं। काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब बढीको बजेट ल्याएको छ । राष्ट्रिय सभागृहमा बसेको नगरसभा बैठकमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ७३ लाख ४१ हजार रुपैयाँको बराबरको अनुमानित बजेट ल्याएको बताएकी हुन् । ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी उक्त परिमाणको बजेट ल्याएको उनले बताइन् ।

    उनले भनिन्,‘महानगरको नीति तथा कार्यक्रमलाई साकार पार्न २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया सञ्चित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैया अन्य व्ययभार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रकमको अनुमानित रकम पेस गर्न चाहान्छु।’

    उपमेयर डंगोलका अनुसार २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोषमा जम्मा हुने देखिएको छ । जसमा काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक खातामा २० अर्ब १२ करोडको स्रोत व्यवस्थापन हुने निश्चित भएको छ ।

    नेपाल सरकारबाट समानीकरण र राजस्व बाँडफाँटबाट ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजारको स्रोत व्यवस्थापन भएको उनले बताइन् । आइतबारै बिहान बसेको कार्यपालिका बैठकले महानगरपालिकाका लागि आगामी आर्थिक वर्षको २५ अर्ब बराबरको बजेट पारित गरेको थियो ।

    आगामी आर्थिक वर्षमा महानगरपालिकाभित्र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उपप्रमुख डंगोलले बताइन्। फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणाली सुधार, सुशासन प्रवर्द्धन, सहरी स्वास्थ्य, एक वडा एक उद्यमशिलतालगायत कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend